कैलाली- माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थित जंगल नजिकै माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ४० वर्षीया नारुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्र नेपालले बताए।
बुधबार दिउँसो माटोको ढिस्कोले पुरिएर ऐरको मृत्यु भएको उनले बताए।
त्यस्तै, माटोको ढिस्कोले पुरिँदा सोही ठाउँका दुईजना घाइते भएका छन्। घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया शारदा ऐर र ३० वर्षकै कमला ऐर रहेको डिएसपी नेपालले बताए।
उनले घाइते दुवै जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको बताए। प्रहरीका अनुसार घाइते दुईजनामध्ये एक जनाको ढाड र खुट्टा तथा अर्कोको खुट्टा भाँचिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।