काठमाडौं- एटिएम मेशिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन्। २९ वर्षीय चिनियाँ नागरिक वाङ छिलोङलाई ज्याठाबाट महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्गको टोलीले पक्राउ गरेको हो।
एक चिनियाँ नागरिकले एटिएम बुथबाट रकम निकाल्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले ज्याठामा रहेको मेगा बैंकको एटिएम मेशिनको किबोर्ड पिन नम्बर ह्याक गरी रकम निकाल्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
मंगलबार साँझ पिन नम्बर ह्याक गरी रकम निकाल्न लाग्दा उनी पक्राउ परेका हुन्। उनी बस्ने ज्याठास्थित होटल मोन्टिसको चौंथो तलामाको कोठा नम्बर ४०५ खानतलासी गर्दा विभिन्न सामानहरू बरामद भएका छन्।
४ थान मोबाइल, १० वटा चाबी भएको झुप्पा, एटिएम कार्ड १० थान, एप्पलको म्यागबुक, पासपोर्टलगायत बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।