• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रामोसले दिएको चोटबारे सलाह भन्छन्- विगत सोचिरहेको छैन

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  ०७:१७
1140x725

काठमाडौं- इङ्ग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिगमा विपक्षी टिमबारेभन्दा आफ्नै टिमबारे सोचिरहेको बताएका छन्।

च्याम्पियन्स लिग क्‍वाटरफाइनलमा स्पेनिस क्लब रियल मड्रिडविरुद्ध खेल्ने पक्का भएसँगै सलाहको यसअघिको चोटबारे प्रतिक्रिया आइरहेका छन्। त्यसमा आफूले विगतबारे सोचेर नबसेको उनले बताएका हुन्।

लिभरपुल र रियल मड्रिडबीच अन्तिम पटक २०१८ को च्याम्पियन्स लिग फाइनलमा भेट हुँदा पहिलो हाफमा नै रामोसको खराब ‘ट्याकल’का कारण सलाह चोटमा परेका थिए। खेलको ३०औँ मिनेटमा देब्रे पाखुरामा लागेको चोटले उनी आँखाभरि आँसु पारेर बाहिरिएका थिए। जसले उनलाई २०१८ को विश्वकप खेलसम्म पनि असर गरेको थियो।

यो सिजन च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिड भेटिने पक्का भएसँगै रामोसले सलाहलाई गरेको ‘ट्याकल’ र उनको चोटबारे निकै कुरा भइरहेका छन्। सञ्‍चारमाध्यमदेखि सामाजिक सञ्‍जालसम्म सलाह र रामोसको विषय केन्द्रमा देखिन्छ। यिनै विषयमा स्पेनिस पत्रिका मार्काले सलाहसँग गरेको कुराकानी यहाँ अनुवाद गरिएको छ।

च्याम्पियन्स लिग क्‍वाटरफाइनलमा लिभरपुलको भेट रियल मड्रिडसँग हुँदा तपाईंको सोचमा पहिले के कुरा आयो? 
हामी सेमिफाइनल पुग्‍न सके कति राम्रो हुने थियो भन्‍ने सोचेँ। 

च्याम्पियन्स लिगको यो अवस्थामा रियल मड्रिड विपक्षी होस् भन्‍ने चाहनुहुन्थ्यो? 
त्यसमा मेरो कुनै छनोटको सोच थिएन। यो क्‍वाटरफाइनल हो, जहाँ यो टिम होस् यो नहोस् भन्‍ने मलाई मतलब हुँदैन।
 
रियल मड्रिडसँग फाइनलमा भेट भएको भन्दा अहिले भेट हुनु राम्रो हो? 
यो विषयले मलाई केही असर गर्दैन। हामी क्‍वाटरफाइनलमा छौँ। यहाँ रहेका सबै टिम विश्वस्तरीय छन्, राम्रा छन्।

सन् २०१८ को फाइनलको बदला लिने त्यस्तो कुनै भाव छ? 
त्यसबाट मैले पाउने प्रेरणा खेल जितौँ र सेमिफाइनल पुगौँ भन्‍ने मात्र हो। अहिले के हुन्छ त्यो विषयले यसअघिको खेलको नतिजालाई असर गर्दैन। त्यो अब विगत भइसक्यो।

अनि, सर्जियो रामोसविरुद्ध खेल्ने विषयले कुनै फरकपन महसुस हुँदै छ? 
(हाँसो) त्यो खेल विगत भइसकेको छ। त्यसैले मैले त्यसबारे सोचेको छैन। अहिले म आफ्नो टिमबारे सोचिरहेको छु। सबैले आफ्नो टिमबारे नै सोच्‍ने हो र जितको खोजी गर्ने हो।

nimb
nimb
Ncell 2
Ncell 2

सन् २०१८ को फाइनलपछि लिभरपुलमा कस्तो परिवर्तन भएका छन्? 
त्यसपछि हामीले च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि जितिसकेका छौँ। तसर्थ हामी विजेता टिम हौँ। पछिल्ला वर्षको ठूलो परिवर्तन त्यही नै हो। 

त्यसबेलाको रियल मड्रिड टिममा क्रिस्टियानो रोनाल्डो, केलर नाभास, ग्यारथ बेलजस्ता खेलाडी थिए, अहिलेको टिम त्यो समयको भन्दा नराम्रो हो? 
त्यो फरक छ। उनीहरुले क्रिस्टियानो रोनाल्डो जस्तो क्लबका उत्कृष्ट खेलाडी गुमाएकै हुन्। जसले टिमका लागि निकै गोल गरेका छन्। त्यससँगै हेर्नुपर्ने विषय अहिले उनीहरुसँग इडन हाजार्ड पनि छन्। चोटका कारण उनी अभागी भइरहेका छन्। तर सबै कुराले अहिलेको टिम फरक हो।

यो टिम अहिले क्‍वाटरफाइनलमा छ। अहिले पनि टिममा गजवका खेलाडी छन्। रोनाल्डोको गोल संख्या उनीहरुले सम्झिरहेका होलान् तर पहिले र अहिलेमा कुन टिम राम्रो मैले भन्‍न सक्दिनँ। अहिले मैले भन्‍न सक्ने विषय भनेको उनीहरु क्‍वाटरफाइनलमा छन्। खेलका लागि उनीहरु तयार छन्। हामी पनि उनीहरुको विरुद्ध खेल्न तयार हुनुपर्छ।

दुई टिममा अगाडि बढ्ने सम्भावना कसको बढी देख्नुहुन्छ? 
मलाई लाग्छ दुवै बलिया टिम हुन्। दुवै टिमले यो सिजन च्याम्पियन्स लिगमा पछिल्ला दुई खेल जितेका छन्। दुवै टिम आउने खेलका लागि तयार छन्। च्याम्पियन्स लिग गज्‍जवको प्रतिस्पर्धा हो जहाँ दुवै टिमले राम्रो गरिरहेका छन्।

रियल मड्रिडका विषयमा तपाईंलाई लाग्‍ने मुख्य चिन्ता के हो? 
यही कि उनीहरु च्याम्पियन्स लिग जित्‍नसक्ने टिम हुन्। यो प्रतियोगितामा उनीहरुले सधैँ राम्रो गरिरहेका छन्। धेरै पटक जितेका छन्। गएको सात सिजनमा नै चार पटक जितेका छन्। उनीहरु च्याम्पियन्स लिगमा विशेष टिम हुन्।

तपाईंलाई विशेष रुपमा मनपर्ने रियल मड्रिड खेलाडी को हुन्? 
म कुनै एक खेलाडी रोज्‍न सक्दिनँ। टिममा रहेका धेरैजसो खेलाडी गज्‍जव छन्। त्यसमा हाजार्डसँग मेरो सम्बन्ध विशेष खालको छ। चेल्सीमा रहँदा उनले निकै राम्रो गरेका हुन्। अहिले पनि उनलाई भाग्यले साथ दिइरहेको छैन। लुका मोडरिक पनि अर्का राम्रा खेलाडी हुन्। उनीसँग पनि मेरो सम्बन्ध राम्रो छ। केही पटक भेटेका छौँ। यसैले मैले कोही एक रोज्‍न सक्दिनँ।

तपाईं विश्व फुटबलमा राम्रा गोलकर्ताका रुपमा हुनुहुन्छ, यहाँ भिनिसियस जुनियर गोलकर्ताका रुपमा बढ्न नसकेको बारे ठूलो बहस हुन्छ। तपाईंलाई के लाग्छ तपाईं प्राकृतिक गोलकर्ता हो या गोलमा बढ्न विशेष कुनै अभ्यास छ? 
अहिले भिनिसियसका बारेमा चिन्ता लिनुपर्छ जस्तो मलाई लाग्दैन। म प्राकृतिक गोलकर्ता होइन। त्यसका लागि मैले निकै मेहनत गरेको छु। म बसेलमा हुँदा धेरै गोल गर्न नसकेको समय अहिले पनि सम्झिरहन्छु। त्यसपछि चेल्सी, फिओरेनटिना हुँदै रोमा पुगेँ। रोमामा हुँदा नै लुसियानोसँग धेरै मेहनत गरेँ। हरेक दिनको अभ्यासपछि पनि उनले मलाई बोलाउँथे र हामी सुट हान्‍ने अभ्यास मात्र गरिरहन्थ्यौँ।

मैले घरको बगैँचामा पनि सुट हान्‍ने अभ्यासको लागि सानो ठाउँ नै छुट्याएको छु। भिनिसियसले पनि अब अभ्यास बढाइरहन जरुरी छ। अभ्यासले एक दिन नतिजा दिन्छ नै। उनले जस्तो अवसर पाइरहेका छन् त्यसका कारण अगाडि बढ्न पनि सजिलो हुन्छ। उनले अब अभ्यास बढाउँदै गए गोलमा बढ्ने शैली प्राकृतिक रुपमा नै विकास हुन्छ।

रियल मड्रिडको को खेलाडी लिभरपुलमा होस् भन्‍ने चाहनुहुन्छ? 
मलाई लाग्छ हाम्रो टिम नै हुनुपर्ने जति राम्रो छ।

जिनेदिने जिदानबारे कस्तो लाग्छ?
उनी राम्रा प्रशिक्षक हुन्। तीन च्याम्पियन्स लिग उपाधि जिताएका छन्। टिमसँग उनले गरेको काम राम्रो छ। एकपटक छाडिसकेको रियल मड्रिडमा उनी पुनः फर्किएका छन्। त्यसको कारण टिमलाई मद्दत गर्ने र सक्दो उपाधि जिताउने नै हो। म सानो छँदादेखि नै उनी खेलाडीका रुपमा पनि मेरो प्रेरणाको स्रोत नै हुन्। 

यो सिजन लिभरपुलको प्रिमियर लिगको स्थितिबारे के भन्‍न चाहनुहुन्छ?
यो सिजन धेरै कुरा भए। हाम्रो पक्षमा भाग्यले पनि साथ दिएन। प्रिमियर लिगकै अवस्थाका कारण पनि हाम्रो लागि च्याम्पियन्स लिग अझ महत्त्वपूर्ण भएको छ। आश छ हामीले जित्‍नेछौँ।

योर्गेन क्लोपसँग तपाईंको सम्बन्ध कस्तो छ? कत्तिको कुराकानी हुन्छ? 
दुई व्यावसायिक व्यक्तिबीच हुनुपर्ने सम्बन्ध जस्तो नै छ। त्यसलाई म त्यसरी नै बुझाउन चाहन्छु।

दर्शकबिनाको खेलले कसलाई बढी असर गरेको छ जस्तो लाग्छ? बर्नाबेउमा समर्थकबिनाको रियल मड्रिड कि एन्फिल्डमा लिभरपुल?
पक्कै पनि एन्फिल्ड। मलाई लाग्छ सबैले त्यही भन्‍ने छन्। हामीले समर्थकबिनाको धेरै खेल त्यहाँ गुमाइसकेका छौँ। मलाई लाग्छ समर्थकबिना खेल्नुपर्दाको सबैभन्दा ठूलो असरमा हामी नै छौँ।

तपाईं ओलम्पिकमा खेल्नका लागि जाँदै हुनुहुन्छ?
अवस्था जस्तोसुकै भए पनि सबैजना कुनै सम्झौतामा बाँधिएका हुन्छन्। त्यस्तै अवस्था मेरो क्लबमा पनि छ।

अब २९ वर्ष लाग्दै हुनुहुन्छ। फुटबल जीवनको अगाडिको बाटोबारे कस्ता योजना छन्?
पछिल्ला वर्षमा जस्तो खेल खेल्न सकिरहेको छु त्यसकै निरन्तरता होस् भन्‍ने लाग्छ। उपाधि जित्‍ने चाहना, गोल गर्ने चाहना, टिमलाई उपाधि जिताउन गरिने मद्दत, यिनै कुराहरु मेरा लागि सधैँ महत्त्वपूर्ण छन्।

लिभरपुलमा चार वर्षको समयपछि अब कुनै नयाँ क्लबमा जानेबारे सोच्‍नुभएको छ?
यो विषयमा ममा मात्र निर्भर हुने कुरा होइन। हेरौँ के हुन्छ, अहिले नै त्यो विषयमा धेरै कुरा नगरौँ जस्तो लाग्छ। 

तपाईंले इङ्ग्ल्याण्ड र इटालीमा खेल्नुभयो, अब स्पेनमा खेल्नेबारे सोच्‍नुभएको छ? 
अब धेरै वर्षसम्म फुटबल खेलिरहन सकौँ भन्‍ने छ। स्पेनमा पनि हुनसक्छ नै। भविष्यमा के हुन्छ भन्‍ने विषय त कसलाई पो थाहा हुन्छ र! त्यसैले कुनै समय स्पेनमा खेल्न पनि सक्छु।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’
सम्बन्धित सामग्री
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ? शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै प्रि-क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो । शनिबार, असार २०, २०८३
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश शनिवार बिहान भएको अन्तिम ३२ को अन्तिम खेलमा घानालाई १-० गोलले पाखा लगाउँदै कोलम्बिया अन्तिम १६ मा पुगेको हो । शनिबार, असार २०, २०८३
नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा नेदरल्यान्ड्सको खराब इतिहास फेरि दोहोरिएको छ । फिफा विश्वकपअन्तर्गत मंगलबार बिहान मेक्सिकोको मोन्टेरी रंगशालामा भएको मोरक्कोविरुद्धक... मंगलबार, असार १६, २०८३
ताजा समाचारसबै
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै आइतबार, असार २१, २०८३
एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’ आइतबार, असार २१, २०८३
एमालेको सचिवालय बैठक २५ असारमा आइतबार, असार २१, २०८३
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्