बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका-५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए।
उनका अनुसार राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमबारदेखि बेपत्ता भएका वैश्यको मंगलबार बिहान शव फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शव फेला पारेको हो। शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको डिएसपी खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।