काठमाडौं– ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशविरुद्ध खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको छ। नेपालका लागि सन्जोक राईले गोल गरेका हुन्।
दशरथ रंगशालामा भएको खेलमा सुरुवातमै नेपालले अग्रता बनाएको छ। कर्नरबाट रिबाउन्ड भएको बल डिबक्सभित्रबाट राम्रो प्रहार गर्दै सन्जोकले गोल गरेका हुन्।
सन्जोकको यो डेब्यु गोल हो। नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज चाइपेईविरुद्ध गोल गरेयता अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन। चाइनिज ताइपेईविरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए।
खेलको १७ औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडबल गोलकिपर अनिसुर रहमानले मुस्किलले जोगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।