काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको सुरुवाती एघार घोषणा भएको छ। यसअघिका खेलबाट सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ।
रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ।
यसअघि दुबै खेलमा रवि र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए। नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ। विशाल र सुनिल बाहेक यसअघि सुरुवाती एघारमा परेकै खेलाडी छन्।
प्लेइङ इलाभेन
गोलकिपर: किरण चेम्जोङ (कप्तान)
डिफेन्डर: रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल
फरवार्ड: अन्जन विष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।