काठमाडाैं- नेपाली कांग्रेसका पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन भएको छ। दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सांसद बनेकी भण्डारीको ७१ वर्षको उमेरमा सोमबार बिहान उपचारका क्रममा निधन भएको हो।
धनुषाको जनकपुर उपमहानगरपालिका निवासी भण्डारीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ।
भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनले कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
पूर्वसांसद भण्डारीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका समेत पाैडेलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।