काठमाडौं- काठमाडाैंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा तीन जना बालबालिका घाइते भएका छन्।
घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धका डिएसपी नवीन कार्कीले नेपाल लाइभलाई जानकारी दिए ।
उनीहरूको हात र अनुहार जलेको छ। घाइते तीनै जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
एसिड घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १७ वर्षीय पवन पहारी, १८ वर्षीय आकाश तामाङ र एसिड धनी केशव नेपाल रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए।
शंखरापुर–१ स्थित नवीन ग्राममा डेरी सञ्चालनका लागि उक्त एसिड प्रयोग भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।