काठमाडौं–फागु पूर्णिमा(होली)को दिन काठमाडौं उपत्यकामा २६ सयभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा होलीको दिन २ हजार ६१६ जना सवारी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाभित्र चेकजाँचमा कडाइ गरेको थियो।
दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरेको जनाएको छ।
महाशाखाले उपत्यकाको विभिन्न ९० बढी स्थानमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको थियो।
सवारी नियमविपरीत सवारी साधन चलाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी बाइक चलाउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिविधिमा संलग्न चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।