काठमाडौं- त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको यु-२३ टिमसँग गोलरहित बराबरी खेलेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको युवा टिमसँग बराबरी खेलेको हो।
एएफसी कपको प्लेअफ खेलका लागि तयारीमा रहेको आर्मीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन। यता, किर्गिस्तानको टिमले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्मीसँग बराबरी खेलेको हो। खेलको सुरुवात समयमा नै आर्मीका विवेक बस्नेतले क्रस गरेको बलमा नवयुग श्रेष्ठले हेड गरे। तर उनको हेड किर्गिस्तानका गोलकिपरले बचाएका थिए।
थ्री नेसन्स कपमा किर्गिस्तान बाहिरी सकेको टिम हो। पहिलो खेलमा बंगलादेशसँग १–० गोलले हारेको किर्गिस्तानले नेपालसँग भने बराबरी खेलेको थियो।
थ्री नेसन्स कपको फाइनलमा भने नेपाल र बंगलादेश पुगेका छन्। फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ः३० बजे सुरु हुनेछ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।