काठमाडौं–धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीको पहिचान भएको बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ छ।
फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङ लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गरेका छन्।
आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै उनले समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।