काठमाडौं–सशस्त्र प्रहरीको टोलीले काठमाडौंको हाँडीगाउँबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
टोलीले काठमाडौंको गहनापोखरी क्षेत्रबाट काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङलाई पक्राउ गरेको जनाएको छ।
उनीहरुको साथबाट एउटा मेडइन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको सशस्त्र प्रहरी नाउव उपरीक्षक सुरेश गैरेले बताए।
पक्राउ परेकालाई कानुनी कारवाहीका लागि मालिगाउँ प्रहरीको जिम्मा लगाइएको उनको भनाइ छ।
जडिबुटी बस्ने पोते लामा फरार सूचीका आरोपी रहेकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।