काठमाडौं- चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर, मनोहरी गाउँपलिका–७ बस्ने ३० वर्षीय सुनिल तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा सिरहाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५८६४ नम्बरको बसमा आएका उनलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनकाे साथबाट ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।