काठमाडौं- संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी कृष्णा पौडेललाई पराजित गर्दै बगाले अध्यक्षमा निर्वाचित भएका हुन्।
१३४ जनाले मतदान गरेको निर्वाचनमा बगालेले ७९ मत पाएर विजयी भएका हुन्। पौडेलले ५५ मत पाएकी थिइन्।
समाजको उपाध्यक्ष (खुला) पुरुषतर्फ डिपी उपाध्याय निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा तुलसी सापकोटा निर्विरोध निर्वाचित भइन्।
विष्णु खड्का महासचिवमा निर्वाचित हुँदा जयसिंह महरा सचिवमा निर्वाचित भए। समावेशी सचिवमा दीपेश श्रेष्ठ निर्विरोध भएका थिए भने कोषाध्यक्षमा सिर्जना घिमिरे निर्विरोध थिइन्।
समाजको कार्यसमिति सदस्यमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री, शम्भु दंगालका साथै समावेशीतर्फ सविता शर्मा र केशव भुल निर्वाचित भए। फोटोका तर्फबाट कार्यसमिति सदस्यमा रोशन सापकोटा र भिडियोबाट अमरदीप श्रेष्ठ निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।