काठमाडौं– ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टाेलीकाे सुरुवाती एघार घोषणा भएको छ। नेपालले ४-५-१ को ‘फर्मेसन’ मा खेल्न लागेको छ।
कीर्गिस्तानको यु-२३ टिमसँग खेलेको नेपालको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि परेका छन्। किरण चेम्जोङको कप्तानीमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो। नेपालले यसअघि पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाल र कीर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश भने एक खेल अघि नै फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ। नेपाल बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएमा पनि फाइनल पुग्ने सम्भावना रहन्छ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
प्लेइङ इलाभेन
गोलकिपर: किरण चेम्जोङ (कप्तान)
डिफेन्डर: रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान
फरवार्ड: अन्जन विष्ट अभिषेक रिजाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।