काठमाडौं– सिन्धुलीका प्रहरी प्रमुख एसपी आभूषण तिम्सिना साढे २ महिनामै प्रहरी हेडक्वाटर तानिएका छन्।
हेडक्वाटरले कारबाही स्वरुप एसपी तिम्सिनालाई साढे २ महिनामै जिम्मेवारीबाट हटाएको हो। प्रहरी नियमावली अनुसार सामान्यतया सरुवा भएको १ वर्ष नबित्दै सरुवा नगरिने प्रावधान छ। तर कुनै विवादमा मुछिएको अवस्थामा भने हेडक्वाटरले जुनसकै बेला जिम्मेवारीबाट हटाउन सक्छ।
एसपी तिम्सिनाविरुद्ध धेरै गुनासो आएपछि जिम्मेवारीबाट हटाइएको हेडक्वाटर स्रोत बताउँछन्। ‘ठ्याक्कै यही कारण जिम्मेवारीबाट हटाइएको त भन्दा पनि उहाँविरुद्ध धेरै गुनासो आएपछि जिम्मवारी हेरफेर गरिएको हिसाबले बुझ्नुपर्छ,’ हेडक्वाटर स्रोतले भन्यो।
गत पुस २१ गते तिम्सिनाको सिन्धुलीमा सरुवा भएको थियो। उनलाई हेडक्वाटर तानेपछि सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी एसपी गोविन्द थपलियालाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।