सुनसरी–श्रीमतीको हत्या गरेको अरोपमा एक जना पक्राउ परेका छन्। हत्या आरोपमा बिहीबार प्रहरीले सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझीलाई पक्राउ गरेको हो।
उनले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरी हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।