फाइल तस्बिर काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले नेपालमा मल कारखाना खोल्ने विषयमा छलफल भइरहेको बताएका हुन्।
विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए। कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन जरुरी रहेको पनि बताए।
‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबैभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना हो। यस सम्बन्धमा छलफल भइरहेको छ। हामी महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि। प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन। त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो। कृषि मन्त्रालयले मल उत्पादनतर्फ पनि किसानहरुलाई तालिम दिन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने।
पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको जिकिर पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।