काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा किर्गिस्तानको यु–२३ टिमसँग खेल्ने नेपाली राष्ट्रिय टिमको ‘प्लेइङ इलाभेन’ घोषणा भएको छ। नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ।
दशरथ रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपाली कप्तानी किरण चेम्जोङले गर्दै छन्। थ्री नेसन्स कपमा नेपालले पहिलो खेलमा किर्गिस्तानको यु-२३ टिमसँग खेल्न लागेका हो। नेपालले किर्गिस्तानको यु-२३ टिमलाई हराए फाइनलमा स्थान बनाउने छ। तर, किर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ।
मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो।
१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
प्लेइङ इलाभेन
गोलकिपर: किरण चेम्जोङ (कप्तान)
डिफेन्डर: रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान
फरवार्ड: अन्जन विष्ट अभिषेक रिजाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।