कैलाली- बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी किशाेरी भागरथी भट्ट बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टको डिएन रिपोर्ट भागरथीसँग मिलेको छ।
भागरथीको भजाइनल स्वाब र डिनए रिपाेर्ट दिनेशसँग म्याच भएको हो। दिनेश यसअघि नै पक्राउ परि अदालतको आदेशले बालसुधार गृह चलान भइसकेका छन्।
विधि विज्ञान प्रयोगशाला काठमाडाैंमा परीक्षणका लागि पठाएको भागरथीको भजाइनल स्वाब र डिएनए रिपोर्ट दिनेश भट्टसँग मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले बताए।
उनका अनुसार घटनास्थलमा फेला परेको रगत, भागरथीको शरीरको रगत, भजानल स्वाब र डिएनए रिपोर्ट दिनेशसँग मिलेको हो। उनले अहिलेसम्म गरिएका सबै अनुसन्धान, फेला परेका प्रमाण र डिएनए परीक्षणबाट दिनेश नै बलात्कार तथा हत्यामा संलग्न भएको पुष्टि भएको बताए।
प्रहरीले दिनेशले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेपछि सार्वजनिक गर्दै प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको थियो। अदालतले दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको थियो।
तर, केहीदिनअघि दिनेशले आफ्ना बुवालाई टेलिफोन सम्पर्क गरि आफू भागरथीको बलात्कार र हत्यामा संलग्न नभएको दाबी गरेका थिए। उनले आफूलाई फसाइएको बताएका थिए।
भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।