काठमाडौं–मुद्दा मिलाइदिन्छु भन्दै रकम असुल्ने युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले गोरखाको मिरकोट घर भई काठमाडौं कीर्तिपुर मच्छेगाँउ बस्ने ३२ वर्षीय नवीन लामिछानेलाई पक्राउ गरेको हो।
थापाथलीबाट पक्राउ परेका लामिछानेलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखेर अनुसन्धान सुरु गरिएको परिसरका एसपी रमेश बस्नेतले बताए।
लामिछानेले बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भनेर ७० हजार रुपैयाँ असुल गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।
बैंकिङ कसुरको आरोपमा पक्राउ परेका प्रवीण श्रेष्ठलाई छुटाइदिने भन्दै लामिछानेले ७० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।