काठमाडौं– पोर्चुगलले विश्वकपअन्तर्गत युरोप छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो।
अजरबैजानविरुद्ध पोर्चुगलले १–० गोलको कठिन जित निकाल्यो। समूह ‘ए’ मा रहेको पोर्चुगलको जितमा अजरबैजानका माक्सिम मेडभेडेभले आत्मघाती गोल गरे। खेलको ३७ औं मिनेटमा उनले आफ्नै पोष्टमा आत्मघाति गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो।
पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
त्यस्तै, विश्वविजेता फ्रान्स भने आफ्नो पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको छ। फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
विश्वकप छनोटका अन्य खेलमा टर्कीले नेदरल्यान्ड्सलाई ४–२ ले, स्लोभेनियाले क्रोसियालाई १–० ले, रसियाले माल्टालाई ३–१ ले, नर्वेले जिब्राल्टारलाई ३–० ले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।