फाइल तस्बिर।
काठमाडौं- थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन्। जसमा विराज महर्जनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। विराज महर्जनले यही प्रतियोगिताबाट सन्यास लिने भनिएको छ।
मंगलबारबाट सुरु भएको थ्री नेसन्स कपमा नेपालले आफ्नो पहिलो खेल बिहीबार कीर्गिस्तानको यु–२३ टिमसँग खेल्दैछ। लिग चरणको अन्तिम खेलमा नेपालले १४ गते बंगलादेशसँग खेल्नेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाली टिमः
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, दीप कार्की
डिफेन्डर : रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।