• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
थ्री नेसन्स कप

कीर्गिस्तानको युवा टिमलाई हराए नेपाल फाइनलमा

64x64
नेपाल लाइभ बुधबार, चैत ११, २०७७  १४:१४
1140x725

काठमाडौं- थ्री नेसन्स कपमा आयोजक नेपालले बिहीबार कीर्गिस्तानको यु-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानलाई पराजित गरे नेपाल र बंगलादेश एक खेल अघि नै फाइनलमा पुग्नेछन्।

दशरथ रंगशालामा नेपालले आफ्नो पहिलो खेल कीर्गिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ। बेलुका ५ः३० बजे सुरु हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा नै कीर्गिस्तानको यु–२३ टिमलाई हराए फाइनलमा स्थान बनाउने छ।

यता, कीर्गिस्तानको यु–२३ टिम भने पराजित भए प्रतियोगिताबाटै बाहिरिनेछ। तर, कीर्गिस्तानको युवा टिम पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने आफ्नो यात्रालाई कायमै राख्न चाहन्छ।

मंगलबारदेखि सुरु भएको थ्री नेसन्स कपको उद्घाटन खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई पराजित गर्दै फाइनल पुग्ने बलियो सम्भावना बनाइसकेको छ। खेलको ३०औं मिनेटमा मोहम्मद सादउद्धिनको क्रसलाई बचाउन खोज्दा कुमारबाज उलु बाइयामानले आफ्नै पोष्टमा गोल गरेपछि बंगलादेशसँग कीर्गिस्तान १–० गोलले पराजित भएको थियो।

त्यसो त,  थ्री नेसन्स लिग खेल्न आइलिग खेलिरहेका कप्तान किरण चेम्जोङ सोमबार नै नेपाल आइसकेका छन्। अर्का फरवार्ड अभिषेक रिजाल पनि आइलिग नै खेलिरहेका थिए। थ्री नेसन्स कपकै लागि उनी पनि भारतबाट नेपाल फर्किइसकेका छन्। नेपालले किरण चेम्जोङकै कप्तानीमा प्रतियोगिता खेल्न लागेको हो।

लामो समयदेखि तयारी गरिरहेको कारण नतिजा राम्रो आउनेमा प्रशिक्षक बालगोपाल महर्जन ढुक्क छन्। प्रशिक्षक महर्जनले भनेका छन्, ‘राम्रो खेलपछि नतिजा त अवश्य पनि आइ नै हाल्छ। विश्वकप छनोट खेलको तयारीका रुपमा नै यसलाई लिएका छौं। विश्वकप छनोटकै लागि तीन महिनादेखि गरिरहेको तयारीका कारण यो प्रतियोगितामा राम्रो गर्नेछौं भन्ने विश्वास छ।’ 

यता, कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले बंगलादेशविरुद्ध खेलाडीबीच तालमेल नमिल्दा हार भोगेको बताउँदै नेपालविरुद्धको खेलमा भने कमजोरी सुधार गर्ने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।

कोरोनाको मापदण्ड?
नेपाली दर्शक दशरथ रंगशालामा राष्ट्रिय टिमको खेल हेर्न भोका छन्। सन् २०१५ को मार्च १७ तारिखमा नेपालले विश्वकप छनोटमा भारतसँग खेलेको थियो। त्यसपछि भने भूकम्पको कारण दशरथ रंगशालामा ठूलो क्षति पुग्यो। दशरथ रंगशाला पुनःनिर्माण भएको एक वर्ष बढी भएपनि यो रंगशालामा राष्ट्रिय सिनियर टिमले ६ वर्षपछि खेल खेल्न लागेको हो।

 

लामो समयपछि रंगशालामा खेल्न पाउने भएपछि राष्ट्रिय टिमका खेलाडी उत्साहित छन्। नेपाली टिमका उपकप्तान रोहित चन्द भन्छन्, ‘रंगशालमा खेल्ने उत्साह त धेरै नै छ। त्यहाँ नखेलेको धेरै नै भइसकेको छ। टिममा युवा खेलाडीको नै बर्चस्व छ अहिले। सबै सकारात्मक नै छन्।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न १२ हजार दर्शकलाई रंगशालामा प्रवेश गर्न दिने तय गरेको छ। तर, पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण झनै  बढेपछि धेरै दर्शक मैदानमा प्रवेश गराउँदा कतै महामारी फैलिने त होइन? डर पनि उतिकै छ।


गत चैत ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या ह्वातै बढेको र नेपालमा यसको असर पर्ने भन्दै सजग हुन भनेको थियो। स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही हप्तादेखि विश्वभरि खासगरी छिमेकी देशहरुमा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ। नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नू।’

त्यसो त, रंगशालाको क्षमता १५ हजारको हो। तीन हजार भने सामाजिक दूरी कायम राख्नका लागि छुट्याइएको एन्फाले जनाएको छ। ‘१५ हजारमा १२ हजार मात्रै दर्शकलाई प्रवेश गराउँदा तीन हजार सिट खाली रहन्छ। यसले सामाजिक दूरी कायम हुन्छ’, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राई भन्छन्।

एन्फाले कोरोना संक्रमण हुनबाट बच्नका लागि रंगशालामा प्रवेश गर्ने सबैले अनिवार्य मास्क र स्यानिटाइजर लगाउनु पर्ने शर्त राखेको छ। त्यस्तै, तापक्रम नाप्ने र सामाजिक दूरी कायम गरी बस्न समेत सबैलाई एन्फाले आग्रह गरेको छ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला
राजस्व चुहावट नियन्त्रणका लागि गृहमन्त्रीसहितको उच्चस्तरीय बैठक बस्दै
बालाजु बाइसधारा मेला सुरु
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
राजस्व चुहावट नियन्त्रणका लागि गृहमन्त्रीसहितको उच्चस्तरीय बैठक बस्दै बिहीबार, चैत १९, २०८२
बालाजु बाइसधारा मेला सुरु बिहीबार, चैत १९, २०८२
इरान परमाणु हतियारको एकदमै नजिक पुगिसकेको थियो : ट्रम्प बिहीबार, चैत १९, २०८२
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्