नयाँदिल्ली- आइपिएलको दोस्रो खेलमा पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। चेन्नइविरुद्धको खेलमा उनले सुरेश रैनाको विकेट लिएका छन्। आफ्नो तेस्रो ओभरमा उनले रैनालाई क्याच आउट गरेका हुन्।
दोस्रो ओभर बलिङ गरेका उनले २ रन मात्र दिए। दोस्रो ओभरमा ६ रन र तेस्रो ओभरमा २ रन मात्र दिएका थिए। तीनै ओभरमा उनीविरुद्ध ब्याट्सम्यानले चौका छक्का हान्न सकेनन्।
टस जितेर पहिले चेन्नइले बलिङ रोजेको थियो। दिल्लीले एक सय ६३ रनको लक्ष्य उसलाई दिएको छ।
बैंगालोरविरुद्धको खेलमा सन्दीपले प्रभावशाली बलिङ गरेपछि दोस्रो खेलमा पनि सन्दीप छनोटमा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।