काठमाडौं–भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा क्षेत्रमा कडाइ गर्नुका साथै जिल्लामा हुने विभिन्न गतिविधिमा रोक लगाएको छ।
कोरोनाको त्रास बढेको भन्दै कार्यालयले एक सूचना प्रकाशित गरी फागू पूर्णिमालगायत महोत्सव, जुलुस, जात्रा र भीडभाड गर्न रोक लगाएको हो।
कञ्चनपुर जिल्लामा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै चैत १० गते सूचना प्रकाशित गरी कार्यालयले विभिन्न गथिविधिमा रोक लगाएको हो।
प्रशासनले एक आदेश जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालन गर्नसमेत आग्रह गरेको छ।
अत्यावश्यक बाहेकका व्यापार, उद्योग, कलकारखाना, यातायातलगायतमा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।
नेपाल भारत सीमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट मापदण्ड बमोजिम यात्रुको आवागमन र मालसामान ढुवानीको व्यवस्था विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्र गर्नुपर्ने समेत सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।