सांकेतिक तस्बिर
धादिङ–चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ। चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन्।
चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मंगलबार बोयर जातको बोका वितरण गरेको हो। गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो।
परियोजनाअन्तर्गत चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई\दुईवटाका दरले २२ बोका वितरण गरिएको छ। चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।