काठमाडाैं–लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ।
पदाधिकारीहरुले चैत १० गतेदेखि अनिवार्य अवकाश पाएसँगै आयोग खाली भएकाे हाे। नयाँ नियुक्त हुन सकेकाे छैन।
६ वर्षअघि नियुक्त अध्यक्ष उमेशप्रसाद मैनाली‚ सदस्यहरु विन्द्रा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार झा, व्रह्मदेव राय र कृष्णचन्द्र झाको पदावधि सकिएको हो। २०७१ चैत ११ गते सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनालीसहितका पदाधिकारी नियुक्त गरेको थियो।
पदाधिकारीविहीन हुँदा आयोगको काम कारबाहीमा गम्भीर असर पर्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।