नयाँदिल्ली -आइपिएलको दोस्रो खेलमा पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन्। चेन्नइविरुद्धको खेलमा दोस्रो ओभर बलिङ गरेका उनले २ रन मात्र दिए। उनका बलमा सेन वाटसनले सट प्रहार गर्न सकेनन्।
टस जितेर पहिले चेन्नइले बलिङ रोजेको थियो। दिल्लीले एक सय ६३ रनको लक्ष्य उसलाई दिएको छ।
बैंगालोरविरुद्धको खेलमा सन्दीपले प्रभावशाली बलिङ गरेपछि दोस्रो खेलमा पनि सन्दीप छनोटमा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।