काठमाडौं- बंगलादेशले ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेकाे छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले कीर्गिस्तानको यु-२३ टिमलाई १-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै बंगलदेशले फाइनल यात्रालाई सहज बनाएको छ। बंगलादेशले पहिलो हाफमा उपाहार गोलसँगै बनाएको अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
खेलको ३०औं मिनेटमा कीर्गिस्तानले आत्मघाती गोल खान पुग्यो। मोहम्मद सादउद्धिनको क्रसलाई बचाउन खोज्दा कुमारबाज उलु बाइयामानले आफ्नै पोष्टमा गोल गरेपछि बंगलादेश १-० गोलले अघि बढेको थियो।
खेलको अन्तिम समयमा किर्गिस्तानले करिब २२ यार्ड टाढा फ्रिकिक पाएको थियो। जापारोभ अमिरले प्रहार गरेको फ्रिकिक रियादुल हसनले बचाएपछि किर्गीस्तानले गोल गर्ने अवसर गुमाएको थियो।
बंगलादेश र कीर्गिस्तानबीच अहिलेसम्म चार पटक भेट भएको छ। जसमा चारै पटक कीर्गिस्तानले जितेको छ। बंगलादेशले कीर्गिस्तानलाई हराएपनि कीर्गिस्तानको भने यु-२३ टिम हो।
१६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भने नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यु–२३ टिमसँग खेल्नेछ। नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
हेरौँ केही तस्बिरहरू
सबै तस्बिर : निमेष जंग राई
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।