काठमाडौं- काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–८ मा प्रेमीले मट्टितेल खन्याएर प्रेमिकालाई आगो लगाएका छन्।
काठमाडौं बुद्धचोक बस्ने सोलुखुम्बुकी १९ वर्षीया पूजा कार्कीलाई उनकै प्रेमी दोलखाका सुरज श्रेष्ठले गत आइतबार मट्टीतेल खन्याएर आगो लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।
प्रेमिका कार्कीको अनुहार, घाँटीलगायतका अंग जलेका छन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको एसएसपी सिंहले बताए।
प्रेमिकालाई आगो लगाएपछि प्रेमी श्रेष्ठले आफ्नो शरीरमा समेत आगो लगाएका थिए। उनको कम्मरभन्दा मुनिका भाग जलेको छ। श्रेष्ठको अवस्था सामान्य रहेका र उनको साँखुमा उपचार भइरहेको छ।
आपसी विवाद भएपछि आवेशमा आएर आगो लगाएको श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।