काठमाडौं- बैंकिङ कसूर मुद्दामा ६ दिनको कैद सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मंगलबार जोरपाटीबाट गोकर्णेश्वर नगरपालिका–२ का बुद्धिबहादुर तामाङलाई पक्राउ गरेको हो।
कुमारी तामाङको जाहेरीले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले बुद्धिबहादुरलाई गत फागुन १७ गते ६ दिन कैद र १९ लाख ९० हजार जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिने सिआइबीका प्रवक्ता, एसपी गंगा पन्तले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।