फाइल तस्बिर
काठमाडाैं- नेवारहरुको विश्व सम्मेलन हुने भएको छ। चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)का दिन काठमाडौंको वसन्तपुरमा विश्व सम्मेलन आयोजना गरिने भएको हो।
चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी दिएको छ।
सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहने बताइएको छ। सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले जानकारी दिएको छ।
यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्बिर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट साँस्कृतिक कार्यक्रम प्रस्तुतिसमेत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।