काठमाडौं- पाकिस्तान महिला च्याम्पिनसिप फुटबल प्रतियोगितामा नेपालकी अनिता केसीको १६ गोलमा मासा युनाइटेडले कराची एफसीलाई ३५-० गोलले हराएको छ। जसमा नेपालकी गीता रानाले दुई, सरु लिम्बुले १० र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले दुई गोल गरिन्।
खेलको पहिलो मिनेटमा नै अरिबाको गोलमा अग्रता बनाएको मासा युनाइटेडले त्यसपछि लगातार जस्तो गोल गरेको हो। गीताले खेलको चौथो मिनेटमा टिमको लागि दोस्रो गोल गरेकी थिइन्। गीताले दोस्रो गोल आठौं मिनेटमा गरिन्।
अनिताले खेलको ११, १३ र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि उनले १९, ३७ र ४० औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्।
पहिलो हाफको अन्तिम समयमा सातौं गोल गरेकी अनिताले ५५, ५७, ६०, ७०, ७३, ८७, ८८, ८९ औं मिनेटमा गोल गरिन्। उनले १६ औं गोल भने खेलको अन्तिम समयमा गरिन्।
त्यस्तै, खेलको ३४, ५० र ५६ औं मिनेटमा गोल गर्दै सरुले पहिलो ह्याट्रिक गरिन्। उनले ६७, ६९ र ७१ औं मिनेटमा दोस्रो ह्याट्रिक गरिन्। ७६, ७८, ९० र खेलको इन्जुरी समयमा गोल गर्दै उनले १० गोल पूरा गरिन्।
गोलपिकर एन्जिलाले समेत खेलमा दुई गोल गरिन्। उनले ३९ र ४३ औं मिनेटमा गोल गरिन्।
नेपालबाट पाकिस्तान महिला च्याम्पियनसिप खेल्न पहिलो पटक खेलाडी गएका हुन्। जहाँ अनिता, सरु, एन्जिलासँगै गीताले मासा युनाइटेडबाट खेलिरहेका छन्। पहिलो खेलदेखि नै पाकिस्तान महिला च्याम्पियनसिपमा प्रभाव पारिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।