• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो १० बुँदे निर्देशन

64x64
नेपाल लाइभ मंगलबार, चैत १०, २०७७  १४:०६
1140x725

काठमाडौं- भारतका विभिन्‍न प्रान्तहरुमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउँदै कोभिडको व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ। मन्त्रालयले सातवटै प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

मन्त्रालयले यी सबै निकायलाई कोभिड-१९ को व्यवस्थापनका लागि १० बुँदे निर्णय कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ। भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्कनेको संख्या पनि बढेको भन्दै मन्त्रालयले भारतसँग सीमा जोडिएका क्षेत्रमा रहेका हेल्थ डेस्कहरुहरुलाई भारतबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो परीक्षण गर्न भनेको छ।

ज्वरो आएका यात्रुहरुको मलेरियाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) तथा सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेस्टको व्यवस्था मिलाउन पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ। यसरी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था र अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड-१९ को व्यवस्थापनसम्बन्धी निर्देशिकाहरु बमोजिम गर्न पनि निर्देशन दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयले एन्टिजिन परीक्षणमा पोजिटिभ आएकाहरुलाई स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पनि सबै निकायलाई निर्देशन दिएको छ। यस्तै क्‍वारेन्टिन आदेश, २०७७ बमोजिमको व्यवस्था लागू गर्न, सर्भिलेन्सलाई चुस्त बनाउन, केस इन्भेस्टिगेसन र कन्ट्याक ट्रेसिङलाई बढावा दिन, आवश्यक पिसिआर तथा एन्टिजिन टेस्टको सुनिश्‍चितता गर्नसमेत निर्देशन दिएको छ।

मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ। यस्तै सबै पालिकाहरुलाई आफ्नो पालिकाहरुमा संक्रमणको उच्च खोजिम क्षेत्र पहिचान गरी समुदायस्तरमा कोभिड-१९ को एन्टिजिन परीक्षण प्रक्रियासम्बन्धी प्रोटोकलअनुसार व्यवस्थापन गर्न समेत भनिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसैगरी, सबै निकायहरुले जनस्वास्थ्यको मापदण्डहरुको कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्न पनि भनिएको छ।

मन्त्रालयले कोभिड-१९ को व्यवस्थापन सम्बन्धमा सबै प्रदेश निर्देशनालय, संघीय तथा प्रादेशिक अस्पताल, स्वास्थ्य संस्थाहरु, जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कमा १० बुँदे निर्णयसहितको पत्र पठाइसकेको छ।

यी हुन् मन्त्रालयका १० बुँदे निर्देशन:
१. सबै प्रवेश विन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट तथा सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेस्टको व्यवस्था मिलाउने।
२. साथै, टेस्ट रिपोर्ट पोजिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड-१९ को व्यवस्थापनसम्बन्धी निर्देशिकाहरु बमोजिम गर्ने।
३. यस कार्यका लागि स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने।
४. क्‍वारेन्टाइन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्ने।
५. रोगको निगरानीलाई चुस्त बनाउने।
६. केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिने।
७. आवश्यक पिसिआर तथा एन्टिजिन टेस्टको सुनिश्‍चितता गर्ने।
८. सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहने।
९. आफ्नो पालिकाहरुमा संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा कोभिड-१९ को गरिने एन्टिजिन परीक्षण प्रक्रियासम्बन्धी प्रोटोकलबमोजिम गर्ने।
१०. सबै निकायहरुले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्ने।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्