• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रंगशालामा १२ हजार दर्शकलाई नै अनुमति

64x64
नेपाल लाइभ मंगलबार, चैत १०, २०७७  १३:५७
1140x725

काठमाडौं– नेपाल, बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता आज (मंंगलबार) बाट सुरु हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न १२ हजार दर्शकलाई रंगशालामा प्रवेश गर्न दिनेछ। तर, पछिल्लो समयमा कोरोना भाइरसको झनै संक्रमण बढेपछि कति दर्शकलाई रंगशालामा प्रवेश गराउने भन्नेमा एन्फा अन्यौलमा छ। गत चैत ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको र नेपालमा यसको असर पर्ने भन्दै प्रेस विज्ञप्ति निकालेको थियो।

स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही हप्तादेखि विश्वभरि खासगरी छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ। नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक। भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु।’ तर मंगलबार (आज) बाट सुरु हुने थ्री नेसन्स लिग फुटबलमा एन्फाको भने १२ हजार दर्शक रंगशालामा प्रवेश गराउने लक्ष्य छ।

एन्फाका प्रवक्ता किरण राई भन्छन्, ‘अहिलेलाई १२ हजार दर्शकलाई प्रवेश दिने भन्ने हो।’ त्यसो त, रंगशालाको क्षमता १५ हजारको हो। तीन हजार भने सामाजिक दूरी कायम राख्नका लागि छुट्याइएको एन्फाले जनाएको छ। ‘१५ हजारमा १२ हजार मात्रै दर्शकलाई प्रवेश गराउँदा तीन हजार सिट खाली रहन्छ। यसले सामाजिक दूरी कायम हुन्छ।’ 

एन्फाले कोरोना संक्रमण हुनबाट बच्नका लागि चैत ९ गते प्रेस विज्ञप्ति जारी गर्दै रंगशालामा प्रवेश गर्ने सबैले अनिवार्य मास्क र स्यानिटाइजर लगाउनु पर्ने सर्त राखेको छ। त्यस्तै, तापक्रम नाप्ने र सामाजिक दूरी कायम गरी बस्न समेत सबैलाई एन्फाले आग्रह गरेको छ। २०७२ सालको भूकम्पपछि नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि १३ औं सागको पुरुष फुटबलमा नेपालले त्यही रंगशालामा स्वर्ण पदक जितेपनि त्यो बेला यु–२३ टिम सहभागि भएको थियो। लामो समयपछि दशरथ रंगशालामा खेल्न खेलाडी उत्साहित देखिन्छन्। ‘लामो समयपछि दशरथ रंगशालामा खेल्दैछौं। कोभिडको समयपछि दर्शकसहित रंगशालामा खेल हुँदैछ। त्यसैले हामी सबै जनामा नयाँ उर्जा बढेको छ,’ उपकप्तान रोहित चन्दले भने।

टिकटदर ७ सय र १५ सय १६ गतेसम्म हुने थ्री नेसन्स कपको लागि रंगशालाको भिआइपीतर्फको प्याराफिटमा टिकट दर १५ सय रुपैयाँ र सामान्य प्याराफिटतर्फ ७ सय रुपैयाँ तोकेको छ। जहाँ भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय वटा टिकट र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट एन्फाले बेच्ने छ। सामाजिक सञ्जालमा टिकटदर निकै महँगो भएको भन्दै आलोचना भए पनि एन्फाले टिकटको मूल्य नघटाउने स्पष्ट पारेको छ।

डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको एन्फाले एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। त्यस्तै, प्रतियोगिताबाट बचेको ५० लाख रुपैयाँ नेपाली फुटबलको विकासमा काम गर्ने एन्फाले योजना छ। प्रतियोगिताको मुख्य आम्दानीको रुपमा एन्फाले टिकट विक्रीलाई मानेको छ।

एउटा खेलमा १२ हजार दर्शकलाई टिकट बेचेर पैसा आम्दानी गर्नै एन्फाको योजनालाई भने बढ्दो कोरोना संक्रमणले धक्का दिएको छ। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमले आज (मंगलबार) ५ः३० बजे प्रतिस्पर्धा गर्नेछ। एन्फले निकालेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यू–२३ टिमसँग खेल्नेछ। नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्