कैलाली- मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किदा अछाममा एक किशारीको मृत्यु भएको छ।
मंगलसेन नगरपालिका-१ कि १५ वर्षीया सपना नाथको सोमबार साँझ मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा पड्किदा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले मोबाइल पड्किदा गम्भीर घाइते भएकी नाथको उपचारका क्रममा जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको बताए।
उनी स्थानीय कुन्ति माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।