• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवास : फरार गच्छदारको अदालती म्याद सकियो,  थमाउने म्यादमात्र बाँकी

64x64
नेपाल लाइभ मंगलबार, चैत १०, २०७७  १०:३२
1140x725

काठमाडाैं–ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको अभियोगमा विशेष अदालतबाट फरारको सूचीमा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सोमबार शीर्ष नेताको बैठकमा पार्टी कार्यालय सानेपामा झुल्किए।

करिव एक वर्ष लगायर अदालतले खोजी गर्दा नभेटिएमा उनी एक्कासी पार्टी कार्यालयमा देखिएपछि चर्चा सुरु भयो। गच्छदारको काठमाडौस्थिर घरमा म्याद तामेल हुन नसकेपछि अन्तिम पटक विशेषले उनको गृहजिल्ला पुगेर घरमा म्याद टाँस गरी फर्केको थियो। तेस्रो पटकको प्रयासमा उनको घरमा म्याद तामेल भएको थियो।

गत वर्ष फागुनदेखि म्याद तामेलीको प्रयास गरेको अदाललते व्यक्ति फेला पार्न नसकेपछि यही फागुन २३ गते घरमा टाँस गरी तामेल गरेको थियो। जिल्ला अदालत सुनसरी मार्फत उनको स्थायी ठेगानामा म्याद पठाइएको थियो। सुरुमा विशेषले उनलाई काठमाडौंको निवासस्थानमा म्याद पठाएको थियो। तर गच्छदारको परिवारले वुझ्न अस्वीकार गरेको र उनी भेट नभएपछि फर्केको थियो। दोस्रो पटक अदालतले स्थायी ठेगानामा म्याद तामेलीको प्रयास गरेको थियो।

अदालतको तेस्रो प्रयासपछि गच्छदारको घर सुनसरीमा फागुन २३ गते म्याद टाँस भएर आएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए। अदालतबाट म्याद तामेल भएको अवधि समाप्त भएको छ। म्याद तामेल भएको १७ दिन पुगेको छ। अब उनले थपाउन पाउने १३ दिन बाँकी रहेको छ। १३ दिनभित्र उनी अदालत उपस्थित हुनुपर्नेछ।

साेमबार नेपाली कांग्रेसकाे शीर्ष नेताकाे बैठकमा सहभागी गच्छदार

अदालत उपस्थित हुन एक वर्षदेखि म्याद जारी गर्दा समेत गच्छदार उपस्थित नभएपछि उनको घरमै म्याद टाँस्नु परको विशेष अदालतले जनाएको छ। गत वर्षको फागुनमा पहिलो पटक गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो। त्यसपछि पटक–पटक उपस्थित हुन निर्देशन दिँदासमेत गच्छार उपस्थित भएका थिएनन्। दुई पटकसम्म गच्छदारविरुद्ध विशेष अदालतले ‘बेपत्ते तामेली’ टाँस गरेको थियो।

Ncell 2
Ncell 2

बेपत्ते तामेली अभियुक्तको घर पत्ता नलगाएको अवस्थामा टाँस गरिन्छ। दुई पटकसम्म बेपत्ते तामेली टाँस गर्दा समेत उनी उपस्थित नभएपछि उनको घरमै गएर म्याद टाँस गरिएको हो। जिल्ला अदालतमार्फत गच्छदारको घरमा म्याद टाँस गरिएको विशेषका प्रवक्ता पाण्डेयले बताए।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो

नआए के हुन्छ?

गच्छदार अव १३ दिनभित्र नआएमा अदालतले उनको नाममा सार्वजनिक सूचना प्रकाशन गर्नेछ। इजलासमा पेसी चढाउँदै गच्छदारको नाममा सार्वजनिक सूचना सञ्चार माध्यममा जारी हुनेछ। उक्त सूचना जारी भएपछि उनी नआएमा प्रहरीले पक्राउ गरी अदालतल पेस गर्न सक्नेछ । उक्त अवस्था आउनु एउटा राजनीतिक व्यक्तिका लागि झनै अप्ठारो हुने भएकाले अवको हप्ता आउन सक्ने अदालतको बुझाइ छ।

सार्वजनिक सूचनापछि पनि नआएमा र प्रहरीले पनि ल्याउन नसकेमा उनको मुद्दा उपस्थिति विनै सुनुवाइ अघि बढ्नेछ। अदालतले गच्छदारको कुरा नसुनी फैसला सुनाउनेछ। उक्त अवस्थामा उनले आफूले म्याद नपाएको वा जानकारी नपाएकाले बचाउ गर्न नपाएको भन्न पाउने छैनन्।

यसअघि अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पनि म्याद नै तामेल गर्न नदिई मुद्दा लम्ब्यएका थिए । तर अदालतले वडा कार्यालयमा म्याद टाँस गरी सार्वजनिक सञ्चार माध्यमलाई साक्षी राखेर सार्वजनिक रुपमा म्याद तामेल भएको भनेपछि उनी सर्वोच्च अदालत उपस्थित भएका थिए। सर्वोच्चले उनलाई अख्तियारको प्रमुख आयुक्त हुने योग्यता नपुगेको भन्दै खारेजी गरिदिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेका हुन् । शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय सभाको १९ औं अधिवेशन अन्त्य राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचार... शुक्रबार, फागुन १, २०८२
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यालय, सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएका छन्। आगामी चुनावका लागि प्रतिज्ञापत्र तया... शुक्रबार, फागुन १, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्