सप्तरी- दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले साेमबार पक्राउ गरेको हो।
फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविराज कारागारका थुनामा पठाएको छ। जिल्ला अदालतले २०७२ वैशाख १४ गते एक वर्ष कैद र रु २० हजार जरिवाना गर्ने सजाय सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।