राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियास्थित पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।