• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई कोभिड खोप ल्याउन अनुमति

बहराइनबाट ल्याइएको खोपबारे भने अझै अन्यौल
64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  २१:०८
1140x725

काठमाडौं- सरकारले कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने कोभिड–१९ विरुद्धको  खोप आयातमा अनुमति दिने भएको छ। औषधि व्यवस्था विभागले सोमबार विज्ञप्ति जारी गर्दै कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने खोपलाई आयातमा अनुमति दिइएको जानकारी दिएको हो।

औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता, २०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तराष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने व्यवस्था गरिएको जनाइएको छ।

कोरोना भाइरसविरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्बन्धी अवधारणा पत्रमा नै नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर सरकारी संस्थाले सम्बन्धित मुलुक वा अन्तर सरकारी संस्थाले स्वीकृत गरेको खोप नियोगका कर्मचारी तथा निजका परिवारका सदस्यहरूलाई कोभिड-१९ खोप लगाउनका लागि आयात गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

त्यसका लागि परराष्ट्र मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने र नियोगले खोपको प्रयोग प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा तोकेको ढाँचामा उपलब्ध गराउनुपर्ने जनाएको छ।

गत सोमबार स्वास्थ्य मन्त्रालय तथा माताहतको निकाय तथा विभागलाई जानकारी नै नदिई बहाराइनबाट २ हजार डोज कोरोनाविरुद्धको खोप ल्याइएको थियो।

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोलीले सोमबार नेपाल आउँदा उक्त खोप ल्याएका थिए। 

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलगायत दूतावास परिवारले भने खोप सहित नेपाल आएका टोलीलाई सोमबार त्यहाँबाट विदाई नै गरेका थिए।

तर खोप नेपाल आइसक्दा पनि सोमबार दिउँसोसम्म स्वास्थ्य मन्त्रालय र मातहतका कुनै पनि निकायलाई जानकारी भने थिएन। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुटनीतिक नियोगमार्फत सूचना नै नदिई खोप आयात हुन थालेपछि औषधि व्यवस्था विभागले त्यस्ता खोपलाई आयातका लागि अनुमति दिने व्यवस्था रहेको  भएपनि खोप आयात गर्दा परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएर खोप ल्याउनुपर्ने व्यवस्था भएको जनाएको छ।

बहराइनबाट ल्याइएको खोपलाई प्रयोग गर्न दिने वा नदिने भन्ने विषयमा भने अझै निर्णय नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जाकारी दिए। 

‘हामीले आज निकालेको सूचना हाम्रो ऐनमा भएको व्यवस्थाबारे जानकारी दिनलाई हो,’ उनले भने, ‘बहराइनबाट ल्याइएको खोपको विषयमा थप अनुसन्धान हुदै छ। अहिले नै के गर्ने भन्ने निर्णय भइसकेको छैन।’

सो खोप आइसकेपछि गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागलाई  सो खोपको विषयमा छानवीन गर्न मंगलबार निर्देशन दिएको थियो। 

विभागले गत बिहीबार नै सो खोपबारे प्रारम्भिक अनुसन्धान पूरा गरी त्यसको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको छ।

सो खोप सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स –कोभ –२ भ्याक्सिन (भेरो सेल) रहेको पाइएको छ।

तर नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको खोप भएपनि स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नभई ल्याएको हुँदा प्रयोग गर्ने/नगर्ने भन्ने विषयमा भने कुनै निर्णय भइसकेको छैन। सो खोपलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोप भण्डारणमा नै राखिएको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे? शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.रैन र स्टाफ नर्स गिरीमाथि अस्पतालभित्र इन्टरनेट चलाउन आएका स... शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च इजलासले अनुमति दिएसँगै यो मुद्दा अब फेरि सुनुवाइमा जाने भएको हो। यसअघि कनकमणि र कुन्द दीक्षित परिवारले दिएको एक रिटमा सर्वोच्च अदालत... शनिबार, साउन २३, २०८३
ताजा समाचारसबै
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव शनिबार, साउन २३, २०८३
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी शनिबार, साउन २३, २०८३
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ] शनिबार, साउन २३, २०८३
आरजुबिना २८ गते स्वदेश फर्कंदै देउवा, विद्रोही कांग्रेसको भेलालाई सम्बोधन गर्ने शनिबार, साउन २३, २०८३
अग्रगामी मोर्चाको भेलामा सिके राउतले भने– हामी कुर्सी खोस्न होइन, संविधानअनुसार देश चलाउन एकजुट भएका हौं शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्