• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको तयारी, मंगलबार होला निर्णय? 

64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  १९:५३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज अहिले सबैतिरबाट उठेको छ। अरु त अरु, उनको आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रै पनि यो आवाज जबर्जस्त छ। तर, प्रधानमन्त्री ओली टसको मस छैनन्। भनिरहेका छन्– ‘सक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिए भो, अविश्वास प्रस्ताव ल्याएर पारित गरे भो।’

प्रधानमन्त्री ओलीले भने झैं एमाले नेतृत्वको वर्तमान सरकारलाई माओवादी केन्द्रको समर्थन छ। र, माओवादी केन्द्रले समर्थन गरिराख्दासम्म ओली अंकगणितीय रुपमा बहुमतप्राप्त प्रधानमन्त्री रहन्छन्। तर, ओलीसँगको सम्बन्ध कटुतापूर्ण बने पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तामा ‘रुचि’ देखाएको छैन। आखिर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन किन रुचि देखाइरहेको छैन?

माओवादीको तर्क– ‘देशलाई अराजकतामा नलैजाऔं’
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि तत्कालीन नेकपाले वैधानिकता नपाएर एमाले र माओवादी छुट्टाछुटै पार्टीका रुपमा ब्युँतिएपछि धेरैको अपेक्षा थियो– माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ। माओवादीले समर्थन फिर्ता लिनासाथै प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर, माओवादीले समर्थन फिर्ता नलिएपछि धेरैले प्रश्न गर्न थालेका छन्। 

‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु मिलेर सरकार बनाउने पहल भइराखेको छ,' माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट एक स्थायी कमिटी सदस्यले माओवादीले समर्थन फिर्ता लिएलगतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने निश्चित भए पनि नयाँ सरकार बन्ने स्थिति नभएकाले समर्थन फिर्ता नलिएको दाबी गरे। ‘हामीले समर्थन फिर्ता लिए एमाले एक्लैको बहुमत पुग्दैन, सरकार ढल्छ’, उनले भने, ‘तर, अर्को सरकार बन्ने निश्चित छैन। कम्तीमा देश अराजकतातिर नजाओस् भनेरै समर्थन फिर्ता नलिएका हौं।’ प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार बन्ने सुनिश्चित भएमा तत्काल समथर्न फिर्ता लिने दाबी उनले गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार बनाउन कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले अग्रसरता नलिँदा नयाँ सरकार बन्ने ढोका खुल्न सकेको छैन। नयाँ सरकार गठनका विषयमा परिस्थिति प्रष्ट भइनसकेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु मिलेर सरकार बनाउने पहल भइराखेको छ’, पौडेलले नेपाल लाइभसँग भने, ‘तर, कांग्रेसभित्र दुई गुट र जसपा अनिर्णित हुँदा नयाँ सरकार बन्ने प्रक्रियाले मूर्तरुप लिनसकेको छैन।’

के मंगलबार होला समर्थन फिर्ताको निर्णय?
माओवादीले मंगलबार बिहान ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबारको बैठकमा ओली सरकारको विकल्पमा बन्ने मोर्चाबन्दी र सरकारलाई दिएको समर्थन फितार्का विषयमा छलफल हुन सक्ने अर्का एक स्थायी कमिटी सदस्यले बताए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गर्ने र नयाँ सरकार बनाउनेतिर मंगलबारको बैठक केन्द्रित हुनसक्ने ती नेताले बताए। माओवादीले लामो समय सरकारलाई समर्थन गरे सत्ताधारीको ‘ट्याग’ लाग्ने भएकाले फिर्ता लिने तयारी गरिएको उनको भनाई छ। 

स्थायी कमिटी बैठकमा ओली पक्षमा लागेका माओवादी नेताहरुलाई कारवाही गर्ने विषयमा पनि निर्णय हुनसक्ने बताइएको छ। एमालेमा लागेका माओवादी नेता फर्काउने पहल गर्न नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र वर्षमान पुन लगायत नेता सहभागी टिम बनाइएको थियो। उनीहरुले समेत आफ्नोतर्फबाट माओवादी नेतालाई फर्काउने पहल जारी राखेका छन्। अब माओवादीमा नफर्कने ढुक्क भएका नेताहरुलाई सांसद पदबाट समेत कारवाही गर्ने तयारी गरिएको छ।

Xtrem
Xtrem

कांग्रेस र जसपाको अन्योल 
जनता समाजवादी पार्टी (जसपा) अर्निणित हुँदा नै प्रधानमन्त्री ओलीलाई त्राण मिलेको देखिन्छ। जसपाको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्ष आफ्ना मुद्धालाई केन्द्रमा राखेर जुनसुकै पार्टीको नेतृृत्वको सरकार भए पनि जानुपर्ने पक्षमा छ। एमाले, कांग्रेस र माओवादीलाई हेर्ने दृष्टिकोण एउटै बनाउनुपर्ने भन्दै मुद्दा सम्बोधनलाई केन्द्रमा राखेर सहमति गर्नुपर्नेमा राजपा पक्षको जोड छ। 

तर, त्यहाँभित्रको तत्कालीन समाजवादी पार्टी पक्ष भने ओली सरकारमा जानै नहुने अडानमा छ। पुस ५ गतेपछि प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध आन्दोलनमा उत्रिएकाले ओली सरकारलाई नै सहयोग गर्नै नहुने यो पक्षको मत छ। ओलीविरुद्ध बन्ने सरकारमा सम्झौता भए मात्र सरकारमा जानुपर्ने समाजवादी पक्षको जोड छ। 

एउटै पार्टीमा दुई धार भएपछि पार्टी नै विभाजन हुनसक्ने स्थिति आएपछि केन्द्रीय कार्यकारिणी समितिको चैत ५ गतेको बैठक समेत स्थगित गरिएको थियो। अहिले जसपा कुनै निर्णय नगरी विच बाटोमा बसेर अरुको निर्णय पर्खिरहेको छ। 

अर्कोतर्फ नेपाली कांग्रेस सरकारको नेतृत्व लिन एक ढिक्का हुनेभन्दा ‘अर्लि इलेक्सन’ भनेर स्पष्ट दुई धारमा देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व पाए लिनुपर्ने पक्षमा लागेका छन्। सरकारको नेतृत्व पाए अबको निर्वाचनमा बहुमत ल्याउन सजिलो हुने उनको आकलन छ। त्यसैगरी, सरकारमै हुँदा अबको महाधिवेशनबाट पार्टी सभापति चुनिनसमेत सजिलो हुने उनको जोडघटाउ छ। तर, कांग्रेसका अरु नेताहरुले ‘अर्लि इलेक्सन’मा जानुपर्ने आवाज उठाउन थालेपछि देउवा समस्यामा परेका छन्। पार्टीभित्रै दुई धार भएपछि देउवा पनि माओवादी र जसपाको निर्णय पर्खेर बसेका छन्।  

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १९:५३
  • #सरकार
  • #नेकपा_एमाले
  • #माओवादी_केन्द्र
  • #समर्थन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव... मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन गृहमन्त्री सुदन गुरुङले आफ्नो मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले गोप्य तथा संवेदनशील सूचना अनधिक... मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने विशेष समितिको बैठक मंगलबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक सार्वजनिक लेखा समितिको हल बस्ने भएको हो। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्