• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभामा सरकारको वक्रदृष्टि : कहिले समात्ला लय?

64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  २०:५२
1140x725
फाइल तस्बिर

काठमाडौं- ‘अलिकति समस्याहरू छन्। त्यसलाई लयमा फर्काउनका लागि बढी नै मिहिनेत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईंहरूलाई लाग्यो होला, अब त्यसले लय समात्छ। त्यसले गति लिन्छ,' शनिबार जिपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले भनेका थिए।

सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको प्रतिनिधि सभाका चारवटा बैठक बसिसकेका छन्। मंगलबार पाचौं बैठक बस्दैछ। तर, सभाले कुनै महत्त्वपूर्ण बिजनेश पाउन सकेको छैन। सरकारले कुनै नयाँ विधेयकहरु दर्ता गरेको छैन। संसदीय समितिहरूबाट पारित भएर बसेका विधेयक प्रतिवेदनहरु पनि पेस हुन सकेका छैनन्। अध्यादेशहरु पनि पेस हुन सकेका छैनन्।

'विभिन्न गतिविधिहरुबाट सरकार आफैंले सरकारलाई सहयोग गर्न तयार छैन भन्ने देखिन्छ। प्रतिनिधि सभालाई कुनै पनि बिजनेस नदिने, विधेयक अधिवेशन भन्ने तर कुनै पनि विधेयकलाई प्रवेश नगराउने उसको शैली देखिन्छ', कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन्।

संसद् भर्खरभर्खर सुरु भएकोले यसको गतिविधिमा तत्कालै तीव्रता नआएको एमाले सचेतक शान्ता चौधरीको भनाइ छ।

फागुन २३ गतेयताका प्रायः बैठक औपचारिकतामा सीमित भएका छन्। अबका बैठकमा कुनै फरकपन नआए सभामुखले भनेजस्तो लय समातेको देखिन मुस्किल पर्नेछ।

संसद् भर्खरभर्खर सुरु भएकोले यसको गतिविधिमा तत्कालै तीव्रता नआएको एमाले सचेतक शान्ता चौधरीको भनाइ छ। सरकारले बिजनेस नदिएको कुरालाई पनि उनी अस्वीकार गर्छिन्। 'सरकारले बिजनेस नदिएका कारण रोकिएको होइन। सरकारले संसद्लाई बिजनेस नदिनुपर्ने कारणै छैन। संसद्लाई चलायमान नबनाउने भन्ने सोच सरकारको हुनै सक्दैन,' उनले भनिन्। 

प्रधानमन्त्रीको वक्रदृष्टिको शिकार!
प्रतिनिधि सभा ब्युँतिएपछि यसको महत्त्व त बढेको छ नै, विशेष र प्रभावकारी भूमिकाको अपेक्षा पनि गरिएको छ। तर, सभा ब्युँतिएको १६ दिन बितिसक्दा पनि त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल पनि हुन सकेको छैन। सोमबार मात्रै सभामुख अग्निप्रसाद सापकोटाको भनाइ सार्वजनिक भएको छ- ‘प्रधानमन्त्रीज्यूसँग भेट्नका लागि समय मागेको छु, छिट्टै भेट हुन्छ होला।’ 

उनले प्रधानमन्त्रीबाट समय पाइनसकेको पनि बताए।

Ncell 2
Ncell 2
nimb
nimb

संवाद गर्न चाहेर सभामुख सापकोटाले सहज वातावरण बनाउन खोजेजस्तो देखिन्छ। आइतबार उनले विभिन्न समितिका सभापतिहरुसँग छलफल गरेका थिए। सोमबारै मात्र उनले कानुनमन्त्री, कांग्रेस प्रमुख सचेतक लगायतलाई भेटेका थिए।

सभामुख सापकोटाले संसद् सचिवालयसँग पनि परामर्श गरिरहेका छन्। यसको प्रभाव मंगलबारको प्रतिनिधि सभा बैठकमा देखिन सक्छ। जानकारहरुका अनुसार, सभामुखले मंगलबारबाट नै शून्य समय र विशेष समय सुरु गर्नेछन्।

त्यसो त, सापकोटा सभामुख बन्ने प्रक्रियादेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि थियो। उनले राष्ट्रिय सभा अध्यक्ष जस्तै आफूलाई ‘सहज हुने’ व्यक्तिलाई सभामुख बनाउन चाहेका थिए। जसलाई आफ्नो अनुकूलतामा चलाउन सकियोस्। तर, त्यतिबेला उनी सफल भएनन्। परिणामतः सापकोटा आउनु अघिसम्म प्रचलनमा रहेको अधिवेशन सुरु र अन्त्त्य गर्ने बेला हुने परामर्श पनि उनी आएसँगै रोकियो। बरु कार्यपालिका प्रमुखबाट व्यवस्थापिका प्रमुखमाथि आक्षेप सुरु भयो।

प्रतिनिधि सभा ब्युँतिएपछि पनि सभामुखप्रति प्रधानमन्त्रीमा रहेको तुष मेटिएको देखिँदैन।

प्रतिनिधि सभा विघटनपछि ओलीले सभामुखलाई व्यक्तिगत रुपमा पटक-पटक लाञ्छित गरे। पार्टीभित्र आफ्नो समूहको बैठक, देशका विभिन्न ठाउँमा आयोजित सभादेखि राष्ट्रिय सभासम्मबाट उनले सभामुखप्रति आक्रोश व्यक्त गरे।‍

‘हामीले एउटा कीर्ते मान्छेलाई सभामुख मान्नुपर्ने। मानेर आइयो। कत्रो बिडम्बना। यस्ता कीर्तेहरुको हातमा जब नेतृत्व हुन्छ, अनि प्रणाली अप्ठ्यारोमा पर्छ,' गत पुस ९ गते बालुवाटारमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेका थिए।

प्रतिनिधि सभा ब्युँतिएपछि पनि सभामुखप्रति प्रधानमन्त्रीमा रहेको तुष मेटिएको देखिँदैन। अर्कोतिर, आफैंले भंग गरेको प्रतिनिधि सभा ब्युँतिएपछि ओलीमा तीव्र हिनताबोध भएजस्तो देखिन्छ। त्यसैले उनी संसद् भवन पुगेर पनि बैठकमा भने सहभागिता जनाउन सकिरहेका छैनन्। कहिले चाँडो पुगेर फर्किने, कहिले ढिलो पुगेर नभ्याउने स्थिति देखिएको छ।

उनले प्रतिनिधि सभा ब्युँतिएको विषयलाई सहज रुफमा स्वीकार्ने नसकेको जस्तो स्थिति देखिन्छ। उनी संसद्लाई बिजनेश दिन पहल गर्दैनन् तर, भाषणहरुमा भने प्रतिनिधि सभा प्रभावकारी नभएको आक्षेप लगाउँछन्। उनको प्रयास पनि संसद्लाई सहज रुपमा अघि बढ्ने वातावरण सिर्जना गर्नेभन्दा पनि त्यहाँ अन्योल सिर्जना होस् र आफूले भन्दै आएको निर्वाचनको औचित्य पुष्टि होस भन्नेतर्फ केन्द्रित देखिन्छ।

'संसद्लाई बिजनेस पनि नदिने अनि संसद्को औचित्य पनि छैन पनि भन्ने। फेरि निर्वाचन चाहिँ त्यही संसद्को लागि गराउन खोज्ने। विरोधाभास देखिन्छ', भुसाल भन्छिन्, 'अहिलेको संसद्‌मा सरकारको तर्फबाट गम्भीरता देखिँदैन।'

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  २०:५२
  • #सरकार
  • #प्रतिनिधिसभा
  • #वक्रदृष्टि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो)
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने
सम्बन्धित सामग्री
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्