• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गण्डकी प्रदेशमा क्षयरोगका ११ सय बिरामी भेटिए

नारायण रिजाल सोमबार, चैत ९, २०७७  १७:५४
1140x725

बागलुङ- गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्‍कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो।

गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कूल एक हजार ९४८ क्षयरोगका बिरामी पहिचान भएका थिए।

गण्डकीमा फेला परेका क्षयरोगीमध्ये सबैभन्दा धेरै कास्कीका तीन सय ४७ जना रहेका छन्। त्यसैगरी, नवलपरासीमा २५४, स्याङ्जामा १०१, गोरखामा १११, तनहुँमा १३२, लमजुङमा ४९, बागलुङमा ७७, म्याग्दीमा २४ र पर्वतमा ३१ जना क्षयरोगी पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिए।

बसौलाका अनुसार हिमालपारीको जिल्ला मनाङमा यस वर्ष एक जना क्षयरोगी फेला परेको छ। मुस्ताङमा भने क्षयरोगका बिरामी शून्य रहेका छन्।

गण्डकीमा यस वर्ष क्षयरोग निको हुने दर ९० प्रतिशत रहेको छ। क्षयरोगबाट मृत्यु हुनेको संख्या हालसम्म ४६ पुगेको छ। अघिल्लो वर्ष कोरोना प्रकोपका कारण केही पत्ता लाग्‍ने र उपचार सफल हुने दर घटे पनि यस वर्ष बढ्ने विश्वास लिइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोगका बिरामीको उपचार र निगरानीका लागि सहजीकरण गरिरहेको छ। यसका लागि निर्देशनालयले प्रदेशभरिका ११ जिल्लामा पर्ने ८५ वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लक्षित गरी इटिबी मास्टर रजिस्टर र डिएचआइएस टूसम्बन्धी तालिम सञ्‍चालन गरेको छ। स्वास्थ्यकर्मीलाई तालिम दिएसँगै हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मोबाइल प्रविधिमार्फत् क्षयरोगका बिरामीलाई निगरानी राख्‍न सकिने प्रणालीमा व्यवस्था गरिएको छ। प्रविधिको प्रयोग गरी क्षयरोगका बिरामीको सत्यतथ्य तथ्याङ्‍क राख्‍ने र सहज तरिकाले सेवा दिने उद्देश्यले सरकारले यो प्रणालीको थालनी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्‍क अधिकृत दिवाकर शर्माले जानकारी दिए। हालसम्म मुस्ताङ र म्याग्दीबाहेक सबै जिल्लामा यो प्रणालीको तालिम सञ्‍चालन भइसकेको शर्माले बताए।

बागलुङका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई इटिबी रजिस्टरसम्बन्धी तालिम सञ्‍चालन गरिएको छ। क्षयरोगसम्बन्धी थप जनचेतना फैलाउने र बिरामी पत्ता लगाउने दर बढाउन पनि यो तालिमले सार्थकता पाउने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरे बताउँछन्। घिमिरेका अनुसार जिल्लामा क्षयरोग पत्ता लाग्‍ने दर विगतका वर्षमाभन्दा बढ्दो क्रममा रहेको छ। हरेक स्थानीय तहमा क्षयरोगको परीक्षणका लागि प्रयोगशाला स्थापना गरेसँगै जिल्लामा क्षयरोगीका बिरामी पहिचान गर्ने दर बढ्दै गएको हो। गत आर्थिक वर्षमा १४५ जना क्षयरोगी रहेको जिल्लामा यस वर्ष ७७ जना पहिचान भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

पछिल्लो समय स्वास्थ्यकर्मीले समाजमा क्षयरोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्‍चालन गरेसँगै रोगी पत्ता लाग्‍नेदर बढ्न थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। ‘हाम्रो समाज अझै पनि पुरानै प्रवृत्तिमा छ। पछिल्लो समयमा केही सुधार हुँदै गएको छ,’ गुरौले भने, ‘क्षयरोग लागेपछि समाजमा खुल्न डराउने कारण भित्रभित्रै फैलिने डर पनि बढ्दै गएको हो। अहिले केही सहज तरिकाले खुल्नुभएको छ। यसले निवारणका निम्ति केही सहयोग पुग्‍नेछ।’

उनले जिल्लामा क्षयरोगको निदानका लागि स्थानीय तहसँग मिलेर विभिन्न कार्यक्रम र शिविर सञ्‍चालन गर्दै आएको जानकारी दिए।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १७:५४
  • #क्षयरोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ]
आरजुबिना २८ गते स्वदेश फर्कंदै देउवा, विद्रोही कांग्रेसको भेलालाई सम्बोधन गर्ने
सम्बन्धित सामग्री
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे? शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.रैन र स्टाफ नर्स गिरीमाथि अस्पतालभित्र इन्टरनेट चलाउन आएका स... शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च इजलासले अनुमति दिएसँगै यो मुद्दा अब फेरि सुनुवाइमा जाने भएको हो। यसअघि कनकमणि र कुन्द दीक्षित परिवारले दिएको एक रिटमा सर्वोच्च अदालत... शनिबार, साउन २३, २०८३
ताजा समाचारसबै
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी शनिबार, साउन २३, २०८३
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ] शनिबार, साउन २३, २०८३
आरजुबिना २८ गते स्वदेश फर्कंदै देउवा, विद्रोही कांग्रेसको भेलालाई सम्बोधन गर्ने शनिबार, साउन २३, २०८३
अग्रगामी मोर्चाको भेलामा सिके राउतले भने– हामी कुर्सी खोस्न होइन, संविधानअनुसार देश चलाउन एकजुट भएका हौं शनिबार, साउन २३, २०८३
अग्रगामी मोर्चाले समानता र सामाजिक न्यायलाई प्राथमिकता दिनेछ : जनार्दन शर्मा शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्