काठमाडाैं- सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार चालु वर्षभन्दा आउँदो वर्ष चार दिन पर्व बिदा थप भएकाे छ।
आउँदो वर्ष दशैंमा ६ दिन बिदा दिइने छ। घटस्थापनासहित ६ दिन बिदा हुनेछ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने सरकारले जनाएकाे छ।
यता तिहारमा लक्ष्मीपूजाको दिन कात्तिक १८ गतेदेखि २० गतेसम्म बिदा हुनेछ। सरकारले पहिलाेपटक राष्ट्रिय एकता दिवस पुस २७ गतेलाई मान्यता दिएको छ।
यसका साथै विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, महिला दिवसलगायतमा पनि बिदा दिइएकाे छ।
यस्तो छ २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।