काठमाडौं–देशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य स्थानका मौसम भने सामान्यतया सफा रहने विभागको भनाइ छ।
आज दिउँसो देशको अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागको मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।
गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।