फाइल तस्वीर
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ८ः३० बजे उनी ढाका प्रस्थान गर्ने कार्यक्रम छ।
राष्ट्रपतिको उडान हुनुअघि १५ मिनेट र उडानपछि १५ मिनेटसम्म सबै उडान बन्द हुने बताइएको छ।
राष्ट्रपतिको उडान हुने भएकाले ८ः१५ देखि ८ः४५ सम्म विमानस्थल बन्द रहनेछ।
सो समयमा आन्तरिक तथा बाह्य कुनै पनि विमान उडान तथा अवतरण नहुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।