काठमाडौं- बाँके राष्ट्रिय निकुञ्जमा खटिएको नेपाली सेनाको टोलीले २ नाल भरुवा बन्दुकसहित सिकारमा प्रयोग हुने बन्दोबस्तीका सामग्री बरामद गरेको छ। निकञ्जमा राखिएको स्पाई क्यामरामा हतियारसहित सिकारीहरू देखिएपछि सेनाले अपरेसन सञ्चालन गरी शनिबार ती सामग्री बरामद गरेको जानकारी दिएको हो।
नेपाली सेनाको र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका-९ स्थित कोर इलाका खैरीगोठ क्षेत्रबाट ती सामग्री बरामद गरेको हो।
बरामद भएका सामग्रीमा भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासुलगायत शिकारमा प्रयोग हुने बन्दोबस्तीका सामान रहेको सेनाले जनाएको छ। बरामद भएका सामग्री निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।