काठमाडाैं- सरकारले दक्षिण एसियामा नेपाल 'सबैभन्दा खुसी भएको देश' बनेको भन्दै खुसी व्यक्त गरेको छ।
आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको लागि यो 'गुड न्युज' भएको बताए।
'सन् २०२१ को वर्ल्ड ह्याप्पिनेस रिपोर्टअनुसार खुसी मुलुकको सूचीमा नेपालले ५ दशमलव २६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको छ, जुन १३९ मुलुकका नागरिकसँग अन्तरक्रिया गरेर खुसीको विश्लेषणगरी प्रतिवेदन सार्वजनिक गरिएको हो,' उनले भने, 'प्रतिवेदनअनुसार दक्षिण एसियामा नेपाल सबैभन्दा खुसी भएको देश हो। यो हाम्रो लागि गुड न्युज हो। यसमा नेपाल सरकार खुसी व्यक्त गर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।