• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘थ्री नेसन्स कप’को तयारी पूरा

64x64
नेपाल लाइभ आइतबार, चैत ८, २०७७  १७:०७
1140x725

काठमाडौं- नेपाल, बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिएको हो।

थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत १० गतेदेखि सुरु हुँदैछ। मैदान सिंगारिएको छ भने, हरियो दुबोले रशरथ रंगशालामा सबैको ध्यान तान्ने गरेको छ।

कोरोनाको महामारीपछि नेपालले पहिलो प्रतियोगिता खेल्न लागेको हो। यसअघि बंगलादेशसँग मैत्रीपूर्ण दुई खेल खेलेपनि लामो समयदेखि कुनै प्रतियोगिता भने कोरोनाको कारण खेल्न पाएको थिएन।

अन्तर्राष्ट्रिय रुपमा पनि कोरोनापछि फुटबल फर्किएको सन्देश समेत दिनका लागि आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीबारे एन्फाका प्रवक्ता भन्छन्, ‘तयारी लगभग सकिएको छ। अब सुरक्षा मिलाउनेदेखि टिकट बिक्रीको कार्यहरु मात्रै बाँकी छन्।’

एन्फा र मेडिसिटी अस्पतालबीच सम्झौता
एन्फाले मेडिकल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ। आइतबार त्रिपुरेश्वरमा एन्फाको तर्फबाट स्वास्थ्य विभाग प्रमुख निरज खड्की र अस्पताल विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता एक वर्षको हुने एन्फाले जनाएको छ। राष्ट्रिय टिमका खेलाडी तथा सहिद स्मारक ए डिभिजन लिग खेल्ने खेलाडीको ५ लाख, बी र सी डिभिजन लिग खेल्ने खेलाडीको तीन लाखको बीमा पनि अस्पतालले गर्नेछ।

त्यस्तै, थ्री नेसन्स कपको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने भएको छ। एन्फाले पुरानै सम्झौता अनुसार नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्न लागेको जानकारी दिएको हो।

१२ हजार दर्शक, टिकटदर ७ सय र १५ सय 
१६ गतेसम्म हुने थ्री नेसन्स कपका लागि दशरथ रंगशालामा एउटा खेलका लागि १२ हजार दर्शकलाई मैदानमा प्रवेश दिने एन्फाको योजना छ। रंगशालाको क्षमता १५ हजार हो। कोरोना भाइरसको कारण तीन हजार कम गरी दर्शक प्रवेश गराउने एन्फाले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

रंगशालाको भिआइपीतर्फको प्याराफिटमा टिकटदर १५ सय रुपैयाँ र सामान्य प्याराफिटतर्फ ७ सय रुपैयाँ तोकिएको छ। जहाँ भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय वटा टिकट र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट एन्फाले बेच्ने छ।

सामाजिक सञ्जालमा टिकटदर निकै महंगो भएको भन्दै आलोचना भएपनि एन्फाले टिकटको मूल्य नघटाउने स्पष्ट पारेको छ। आइतबार एन्फा प्रवक्ता राईले फुटबललाई व्यावसायिक बनाउन यो मूल्य धेरै महंगो नभएको बताए। उनले भने, ‘फुटबललाई व्यावसायिक बनाउन यो मूल्य धेरै ठूलो हो जस्तो लाग्दैन। नेपाली फुटबलका समर्थकलाई मध्यनजर गर्दै मूल्य तोकेका हौं।’

डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको एन्फाले एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। त्यस्तै, प्रतियोगिताबाट बचेको ५० लाख रुपैयाँ नेपाली फुटबलको विकासमा काम गर्ने एन्फाले योजना छ। 

प्रतियोगिताका लागि कीर्गिस्तानबाट ३२ जनाको टोली आइतबार (आज) काठमाडौं आइपुग्ने छ। यता, बंगलादेशबाट ४० जनाको टोली भने बिहीबार साँझ नै काठमाडौं आइसकेको छ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउने छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउने छन्।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमले चैत १० गते प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे सुरु हुनेछ। एन्फाले निकालेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यू–२३ टिमसँग खेल्नेछ। नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। 

अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्